६ बैशाख २०८१, बिहिबार

काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक स्वीकृत


प्रतिनिधिसभाको बैठक

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले ‘काठमाडौं उपत्यका सार्वजनिक यातायात(व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६’ लाई सर्वसम्मतीले स्वीकृत गरेको छ ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘काठमाडौं उपत्यका सार्वजनिक यातायात(व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

विधेयकलाई स्वीकृत गरिनु पूर्व बैठकमा विधेयक माथि सैद्धान्तिक छलफल भई छलफलमा सांसदहरुले उठाएका प्रश्नहरुको यातायातमन्त्री राईले जवाफ समेत दिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !