७ बैशाख २०८१, शुक्रबार

स्थानीय निर्वाचनमा गठबन्धनका दलले धोका दिएको अध्यक्ष नेपालको आरोप


माधवकुमार नेपाल फाइल फोटो

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपालले स्थानीय तह निर्वाचनमा गठबन्धनका दलहरुले धोका दिएको आरोप लगाएका छन‍ ।

आज बुधबार काठमाडौंमा आयोजित पार्टीका जनप्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले गत स्थानीय निर्वाचनमा गठबन्धनको गीत गाएर बस्दा आफ्नो पार्टी कमजोर भएको बताएका छन् ।

अध्यक्ष नेपालले गठबन्धनको गीत गाएर आफ्नो तयारी पूरा गर्न नसक्दा चुनावमा पराजित हुनु परेको स्वीकार गरेका हुन् । उनले गठबन्धनको कुनै भरोसा नभएको पनि बताए ।

गठबन्धनको गीत धेरै गाउँदा आफ्नो पार्टीले हार व्यहोर्नु परेको भन्दै गठबन्धन नगरेको भए आफ्नो पार्टीको सानदार जित हुने उनको तर्क छ । आफ्नो आधार र शक्ति बनाउन नसक्नेहरु अरुको आशामा बाँच्नुपर्दौ रहेछ भन्ने उनले स्वीकार गरेका छन् ।

उनले निर्वाचनमा पार्टीले आफैंले तयारी गरेको भए हामीले थप जित्न सक्ने जिकिर गरेका हुन् । आफूभन्दा समाजवादी ठूलो हुन्छ कि भनेर कतिपयको दलहरुको निदहराम भएको उनले खुलासा समेत गरे ।

गठबन्धनको अभ्यासक्रममा धेरै कमजोरी पार्टीबाट भएको उनले स्वीकारे । उनले अरुमाथि भरोसा धेरै गरेपछि आफ्नो शक्ति बढाउनेतर्फ ध्यान केन्द्रित गर्न नसकेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !