१२ बैशाख २०८१, बुधबार

काँग्रेसको प्रमुख सचेतकमा यादव र सचेतकमा विश्वकर्मा नियुक्त


चित्रलेखा यादव र मीन विश्वकर्मा

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको प्रमुख सचेतकमा चित्रलेखा यादव र सचेतकमा मीन विश्वकर्मा नियुक्त भएका छन् । प्रधानमन्त्री समेत रहेका पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले उनीहरूलाई आज बुधबार नियुक्त गरेका हुन् ।

यसअघि प्रमुख सचेतक रहेका बालकृष्ण खाँण गृहमन्त्री र सचेतक रहेकी पुष्पा भुसाल प्रतिनिधिसभाकी उपसभामुख बनेपछि पद रिक्त रहेको थियो ।

यसअघि उपसभामुखको जिम्मेवारी सम्हालिसकेकी यादवले पार्टीको कोषाध्यक्षको रुपमा रहेकी थिइन् भने विश्वकर्मा काँग्रेस केन्द्रीय सदस्य हुन् ।

संसद्मा पार्टीको धारणा राख्न, कार्य व्यवस्था परामर्श समितिको बैठकमा भाग लिनेलगायत महत्वपूर्ण संसदीय गतिविधिमा प्रमुख सचेतक र सचेतकको भूमिका रहने व्यवस्था छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !