७ बैशाख २०८१, शुक्रबार

निर्वाचनपछि एमालेको सरकार बनाउनुपर्नेमा एमाले अध्यक्ष ओलीको जोड


केपी शर्मा ओली फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभाको निर्वाचनपछि एमालेको सरकार बनाउनुपर्नेमा जोड दिएका छन् ।

आज बुधबार बागमती प्रदेशस्तरीय बृहत भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनबाट एमाले सरकारमा फर्किनुपर्ने भएकोले तयारी गर्न कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन् ।

ओलीले आगामी मंसिरमा संसदीय निर्वाचन गर्नैपर्ने र ठूलो दल भएर एमालेको सरकार बनाउनुपर्नेमा जोड दिएका हुन् । राष्ट्रियता, लोकतन्त्र, जनजीविकाको प्रश्न, राष्ट्रिय हितलाई अघि बढाउने विषय एमालेले मात्र पूरा गर्न सक्ने उनको तर्क छ ।

उनले भ्रष्टाचार र बेथितिविरुद्ध संघर्ष गर्नुपर्ने र जनतालाई सरकारले दिएका पीडालाई अन्त्य गर्नुपर्नेमा पनि कार्यकर्तालाई निर्देशन दिए । उनले अहिलेको देउवा नेतृत्वको गठबन्धन सरकारले विभिन्न बहाना बनाएर निर्वाचनको मिति पछि सार्ने प्रयास गरिरहेको ओलीले आरोप समेत लगाए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !