७ बैशाख २०८१, शुक्रबार

ओली सरकार ढाल्न विदेशीले साथ दिएको थियो : उपेन्द्र यादव


उपेन्द्र यादव फाइल फोटो

काठमाडौं । सत्तासाझेदार दल जनता समाजवादी पार्टी () नेपालका अध्यक्ष उपेन्द्र यादवले तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारलाई ढाल्न विदेशीको साथ दिएको खुलासा गरेका छन् ।

आज शनिबार काठमाडौंमा नेपाल-चीन हिमालयन मैत्री समाजद्वारा आयोजित ‘नेपालको भूराजनीतिक अवस्था, यसका चुनौती र अवको बाटो’ विषयक कार्यक्रममा बोल्दै अध्यक्ष यादवले विदेशीको प्रभावकै कारण केपी ओली नेतृत्वको सरकार ढलेको बताएका हुन् ।

भू-राजनीतिक प्रभावका कारण ओली सरकार हट्नुपरेको पूर्वउपप्रधानमन्त्रीसमेत रहेका यादवले ओकलेका हुन् । यादवले भूराजनीतिक प्रभाव नेपालको राजनीतिमा देखिने गरेको बताएका हुन् ।

उनले नेपालको राजनीतिमा कतै न कतै भूराजनीतिक प्रभाव देखिँदै आएको स्पष्ट पारेका छन् । राजनीतिक अस्थिरताको मूल कारण आन्तरिक भए पनि नेपालमा बाह्य प्रभाव पनि सँगै जोडिएर आउने गरेको उनले उल्लेख गरेका हुन् ।

उनले वर्तमान सरकारले रुस-युक्रेन युद्धमा युक्रेनका पक्षमा उभिएर गल्ती गरेको भन्दै असन्तुष्टि समेत जनाएका छन् । दुई ठूला छिमेकी मुलुक भारत र चीनले सो युद्धको सम्बन्धमा तटस्थताको नीति लिएका बेला नेपालले भने युक्रेनको पक्ष लिएर गल्ती गरेको उनको ठम्मयाई रहेको थियो ।

उनले नेपालले असंलग्न परराष्ट्र नीति, पञ्चशीलका सिद्धान्त र कसैको विरुद्ध आफ्नो भूमिलाई प्रयोग हुन नदिने कार्यलाई निकै अप्ठ्यारो अवस्थामा पनि निरन्तरता दिँदै आएको उनको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !