१३ बैशाख २०८१, बिहिबार

एम अधिकारी गर्भनर नभएको नेकपा एमालेको स्पष्टीकरण


महाप्रसाद अधिकारी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एम अधिकारी नेपाल राष्ट्र बैंकको गर्भनर महाप्रसाद अधिकारी नभएको स्पष्टीकरण दिएको छ । एमालेले पार्टीको अर्थ तथा योजना विभाग सदस्यको रुपमा रहेका एम अधिकारी भन्ने व्यक्ति राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी नभएको स्पष्ट पारेको हो ।

एमालेको कार्यालयका सचिव भीष्म अधिकारीले आज एक स्पष्टीकरण पत्र सार्वजनिक गर्दै अर्थ विभागमा रहेका एम अधिकारी गर्भनर अधिकारी नभएको प्रष्ट पारेका हुन् । सरकारी सेवामा रहेकालाई पार्टीको कुनै विभागमा राख्ने नीति समेत नरहेको उनले दावी गरेका छन् ।

आफ्नो नाम जोडर कुप्रचार भइरहेको भन्दै अधिकारीले एमाले केन्द्रीय कार्यालयलाई पत्र लेखी आफू कुनै पनि पार्टीको सदस्य रहने कुरा सोच्नसमेत नसकिने बताएका छन् । उक्त पत्रको जवाफमा एमालेले एम अधिकारी गभर्नर नरहेको स्पस्टीकरण दिएको हो ।

पछिल्लो समय पार्टीको कार्यकर्ता गर्भनर हुन नसक्नै भन्दै सत्ता गठबन्धनका दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतले अधिकारीको राजीनामा मागिरहेपछि विवाद बढको हो । उनीहरुले एम अधिकारी र गभर्नर महाप्रसाद अधिकारी एकै रहेको दावी गर्दै छानविनको माग समेत गरेका छन् ।

एमाले महाप्रसाद पत्रचार

यस अघि ७ वर्षअघि पनि गभर्नर अधिकारी र एमालेवीच पत्राचार भएको कुरा समेत अहिले सामाजिक संजालमा आइरहेका छन् । पार्टीको सदस्यता रहे नरहेको बारे सात वर्षअघि पनि एमाले र गभर्नर अधिकारीबीच पत्राचार भएको थियो ।

२०७३ जेठ २५ मा भएको पत्राचारमा गभर्नर अधिकारीले एमालेको अर्थ तथा योजना विभागमा आफूसँग मिल्दोजुल्दो नाम गरेको व्यक्ति विभागको सदस्य भएकाले कथं कदाचित उक्त नाम आफ्नो भए हटाइदिन भन्दै एमालेलाई पत्राचार गरेका थिए ।

अधिकारीले पठाएको उक्त पत्रको २०७३ असार २० एमाले तत्कालिन कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जवाफ दिँदै महाप्रसाद अधिकारीको विभागसँग सम्बन्ध नरहेको उल्लेख गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !