६ बैशाख २०८१, बिहिबार

अमेरिका पुगेर विश्वप्रकाशले भने- प्रधानमन्त्रीमा गगनले दाबी गरे मेरो समर्थन रहन्छ


गगन र विश्वप्रकाशको माग

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगन थापाले प्रधानमन्त्रीमा दाबी गरे आफ्नो समर्थन रहने बताएका छन् । अमेरिका भ्रमणमा रहेका काँग्रेसका महामन्त्री शर्माले अर्का महामन्त्री थापाले प्रधानमन्त्रीको दाबी गरेमा आफ्नो समर्थन रहने स्पष्ट पारेका हुन् ।

नेपाली काँग्रेसनिकट जनसम्पर्क समितिले अमेरिकाको क्यालिफोर्निया गरेको कार्यक्रममा बोल्दै शर्माले थापाको पक्षमा मुख खोलेका हुन् । शर्माले काँग्रेसबाट सांसद, मन्त्री हुँदै महामन्त्री भइसकेकोले गगनले प्रधानमन्त्रीको दाबी गर्नु स्वाभाविक रहेको उनले बताएका हुन् ।

सोही कार्यक्रममा सहभागी गोरखाका कांग्रेस जिल्ला सचिव किशोरजंग थापाले महामन्त्री शर्माको बोलीलाई समर्थन गर्दै ५० वर्षमुनि उमेर समूहबाट प्रधानमन्त्रीमा गगनको दाबी स्वाभाविक रहेको बताएका छन् ।

महामन्त्रीमा निर्वाचित भएर पार्टी कार्यालयमा पुगेपछि थापालाई नेता कार्यकर्ताले अविर, फूलमालाले स्वागत गर्नुका साथै अहिले ‘गगन दाइ, हाई हाई’, ‘नेपाली कांग्रेस महामन्त्री, अब देशको प्रधानमन्त्री’ भनेर नारा लगाएका थिए ।

काँग्रेस संसदीय दलको नेता चुनिएर मात्रै प्रधानमन्त्री बन्ने प्रावधान भएकोले संसदीय दलको नेता चुन्नका लागि हुने निर्वाचनमा थापाले उम्मेदवारी दिने बताएका छन् । थापाले आफू र आफ्नो पुस्ताले अबको निर्वाचनपछि प्रधानमन्त्रीको लागि हस्तक्षेप गर्ने बताएका छन् ।

डा. शेखर कोइराला पक्षबाट महामन्त्री बनेका गगन आगामी निर्वाचनमा आफू पार्टीबाट प्रधानमन्त्रीको उम्मेद्वार बन्ने रणनीति अवलम्वन गरेर सडक र सदनमा काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको आफ्नै पार्टीको सरकारको आलोचना गर्दै आएका छन् ।

थापाले आगामी निर्वाचनबाट ‘चेन ब्रेक’ गरेर प्रधानमन्त्रीका लागि नयाँ अनुहार ल्याउने तयारी गरिहेको बताएका छन् । गत असार ४ गते शनिबार राति प्रशारण भएको कान्तिपुर टेलिभिजनमा प्रस्तोता सुरज सिंह ठकुरीले संचालन गर्ने ‘इट्स माई सो’ कार्यक्रममा अन्तर्वार्ताको क्रममा अब आफ्नो पुस्ताका नेताहरु प्रधानमन्त्रीको लागि तयार योग्य रहेको र त्यसैको तयारीमा आफूहरु रहेको बताएका थिए ।

तपाइँ अहिले प्रधानमन्त्रीको लागि योग्य हुनुहुन्छ ? भन्ने पत्रकार ठकुरीको प्रश्नको जवाफ दिंदै सांसद थापाले पूर्वप्रधानमन्त्रीहरुले अब पुनः प्रधानमन्त्री नभइ नयाँलाई पालो दिनुपर्ने उनको जोड रहेको छ । पूर्वप्रधानमन्त्रीहरुले राजनीतिमा धेरै ठूलो योगदान दिए पनि अब भने नयाँ पुस्ताको नेतृत्व नयाँ पुस्ताले गर्नुपर्ने थापाको जिकिर रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !