६ बैशाख २०८१, बिहिबार

बाजुराको बुढीगंगामा एमालेका मेयर बानियाँ र उपमेयरमा खड्का विजयी


रामबहादुर बानियाँ र मायाकुमारी खड्का

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । मेयरमा रामबहादुर बानियाँ र उपमेयरमा मायाकुमारी खड्का (कुँवर) विजयी भएका हुन् ।

आइतबार आएको अन्तिम मत परिणाम मेयरमा विजयी भएका एमालेका बानियाँले ४ हजार ७७७ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रंगबहादुर खातीले ३७७४ मत पाएका छन् ।

उपमेयरमा निर्वाचित एमालेकी मायाकुमारीले ४७२७ मत पाउँदा कांग्रेसकी रिता शाहीले ३७५५ मत पाएकी छन् । विजयी बाँनिया र कुँवर २०७४ को स्थानीय निर्वाचनमा पनि एमालेबाट उम्मेदवार भएपनि कांग्रेस उम्मेदवारसँग पराजित भएका थिए ।

१० वडा रहेको बुढीगंगा नगरपालिकामा ७ वटा वडाको वडाअध्यक्ष पदमा एमाले विजयी भएको छ । साथै बुढीगंगामा कांग्रेसले ३ वडामा वडाअध्यक्ष पदमा विजयी भएको छ । बुढीगंगाको वडा १, २, ३, ५, ६, ९ र १० मा एमालेका उम्मेदवारहरु विजयी भएका छन् भने ४, ७ र ८ मा कांग्रेस विजयी भएका हुन् ।

गत बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा धाँधली भएको भन्दै उजुरी परेपछि निर्वाचन आयोगले बिहीबार पुनः निर्वाचन गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !