४ बैशाख २०८१, मंगलबार

माओवादी केन्द्रले बोलाएको स्थायी कमिटी बैठक आज बस्दै


माओवादी केन्द्र स्थायी कमिटी बैठक

काठमाडौँ । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) ले बोलाएको स्थायी कमिटीको बैठक आज बस्दै छ । माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज शनिवार बिहान ८ बजे बस्ने भएको हो ।

स्थायी समिति निर्वाचित भएपछि पहिलोपटक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बैठक बस्न लागेको हो । बैठकमा अखिल क्रान्तिकारीमा देखिएको विवादका विषयमा छलफल हुने बताइएको छ ।

अखिल क्रान्तिकारीमा पञ्चा सिंह नेतृत्वको कमिटीले पूर्णता पाएपनि पवन कार्की पक्षले समानान्तर कमिटी बनाएपछि बैठकमा छलफल हुने भएको हो । यस्तै पार्टी पदाधिकारीका विषयमा स्थायी समितिमा छलफल हुने बुझिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !