७ बैशाख २०८१, शुक्रबार

अन्तत: संशोधित नागरिकता विधेयक गरियो संसद सचिवालयमा दर्ता


संसद् सचिवालय

काठमाडौं । नेपाल सरकारले नागरिकता विधेयक संसद सचिवालयमा दर्ता गरेको छ । आज शुक्रबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले नागरिकता विधेयक संसदमा पेश गर्ने निर्णय गरेको थियो ।

आजमात्रै संसदमा विचाराधीन रहेको नागरिकता ऐन संशोधन विधेयक सरकारले फिर्ता लिएको थियो । गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रिपरिषद्को निर्णयअनुसार उक्त विधेयक फिर्ता लिन प्रस्ताव गरेका थिए ।

यद्यपि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुले विधेयक फिर्ता लिने प्रस्तावको विरोधका वावजुद प्रतिनिधिसभाको बहुमतले पारित गरेको हो । विधेयक फिर्ता लिने क्रममा एमालेले भने विरोध गरेको थियो ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ साउन २२ गते प्रतिनिधि सभामा नागरिकता विधेयक दर्ता गरेको थियो। सोमाथि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा करीब दुई वर्ष दफावार छलफल भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !