माओवादी केन्द्रले बोलायो शनिबार स्थायी कमिटी बैठक Nepalpatra माओवादी केन्द्रले बोलायो शनिबार स्थायी कमिटी बैठक
११ आश्विन २०७९, मंगलबार

माओवादी केन्द्रले बोलायो शनिबार स्थायी कमिटी बैठक


माओवादी केन्द्र स्थायी कमिटी बैठक

काठमाडौँ । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) ले स्थायी समितिको बैठक बोलाएको छ । माओवादी केन्द्रले भोलि शनिवार बिहान ८ बजे स्थायी समिति बैठक बोलाएको हो ।

स्थायी समिति निर्वाचित भएपछि पहिलोपटक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बैठक बस्ने भएको हो । बैठकमा अखिल क्रान्तिकारीमा देखिएको विवादका विषयमा छलफल हुने बताइएको छ ।

अखिल क्रान्तिकारीमा पञ्चा सिंह नेतृत्वको कमिटीले पूर्णता पाएपनि पवन कार्की पक्षले समानान्तर कमिटी बनाएपछि बैठकमा छलफल हुने भएको हो । यस्तै पार्टी पदाधिकारीका विषयमा स्थायी समितिमा छलफल हुने बुझिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !