४ बैशाख २०८१, मंगलबार

कर्णाली प्रदेशसभाको स्थगित गरिएको बैठक आज बस्दै


Karnali Pradeshsabha13

कर्णाली । कर्णाली प्रदेशसभाको बैठक स्थगित गरिएको बैठक आज बस्दै छ । कर्णाली प्रदेशसभाको बैठक स्थगित गरिएको बैठक आज दिउँसो १ः०० बजे बस्ने प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।

हिजो १ः०० बजेका लागि तोकिएको बैठक प्रदेश सभामुख राजबहादुर शाहीको अध्यक्षतामा हिजो बसेको सर्वदलीय बैठकमा सत्ता साझेदार दलहरुका नेता र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सहमतिको नजिक नपुग्दा बैठक स्थगित गरिएको थियो ।

सत्ता साझेदार दलहरुका नेता र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सहमतिमा नपुगेपछि सचिव बुढाथोकीले हिजै सूचना टाँसेर बैठक स्थगित भएको जानकारी दिएका थिए । सचिव बुढाथोकी आज शुक्रबार बिहान ८ः०० बजे पुनः सर्वदलीय बैठक बसेरपछि प्रदेशसभा बैठक दिउँसो बस्ने भएको हो ।

प्रतिपक्षी एमालेले आगामी आव २०७९/०८० को बजेटको किताब तथ्यपरक ल्याउनुपर्ने, मुख्यमन्त्री रोजगार कार्यक्रमको कार्यविधि सच्याउनुपर्ने र बजेटमा समेटिएका सुदूरपश्चिमका तीन जिल्ला कर्णालीको बजेटमा हटाउनुपर्ने माग राख्दै प्रदेशसभाको १८औँ बैठकमा अवरोध गरेपछि असार १२ गतेदेखि बैठक चल्न सकेको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !