७ बैशाख २०८१, शुक्रबार

अर्थमन्त्रीमाथि छानबिन गर्न ११ संसदीय समिति गठन गर्ने सहमति


जनार्दन शर्मा बजेट

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि ११ सदस्यीय संसदीय समिति गठन गर्ने सहमति भएको छ । सभामुख अग्निप्रसाद सापकोटाको पहलमा भएको छलफलमा दलहरुबीच संसदीय समिति गठनको सहमति जुटेको हो ।

उक्त संसदीय छानबिन समितिमा एमालेका ४ जना, नेपाली काँग्रेस र माओवादी केन्द्रबाट २/२ जना र एकीकृत समाजवादी, जसपा र लोसपाबाट १/१ जना सदस्यीय रहने छन् ।

सभामुख सापकोटा, विभागीय मन्त्रीहरु र मुख्य दलका सचेतकहरुबीच भएको बैठकले ११ सदस्यीय छानबिन समिति गठन गर्नेमा सहमति जुटेको हो ।

अहिले उक्त छानबिन समितिमा को-को राख्ने भन्ने बारेमा दलहरुले नाम दिने कार्य जारी रहेको छ । राजनीतिक दलहरुले उक्त समितिमा बस्ने सदस्यहरुको नामावली दिएपछि बस्ने संसद बैठकमा समितिको औपचारिक घोषणा हुने बुझिएको छ ।

अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताबारे छानविनका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय समिति गठन गर्न माग गर्दै आएको थियो ।

आज बिहान माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निवास खुमलटारमा बसेको पूर्व स्थायी कमिटी बैठकले संसदीय छानविन समिति गठन गर्न तयार भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !