१२ बैशाख २०८१, बुधबार

आजको संसद बैठकमा नयाँ संशोधन नागरिकता विधेयक पेस गर्ने सरकारको तयारी


प्रतिनिधिसभाको बैठक

काठमाडौँ । सरकारले प्रतिनिधिसभाको बैठकमा नयाँ संशोधन नागरिकता विधेयक दर्ता गराउने तयारी गरेको छ । नयाँ वानेश्वरस्थित संघीय संसदको भवनमा आज विहान ११ बजे प्रतिनिधिसभाको बैठकमा बस्दैछ ।

मन्त्रिपरिषद्को बैठकले यसअघि प्रतिनिधिसभा बैठकमा पेस भएको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरिसकेको छ । नयाँ विधेयक दर्ता गराउने निर्णय गरेपछि आजै पेस गर्ने सरकारको तयारी रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !