७ श्रावण २०८१, सोमबार

जसपाका नवनियुक्त ३ मन्त्रीले लिए शपथ


इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्र सिंह यादव

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का नवनियुक्त तीन जना मन्त्रीहरुले सपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज सोमबार बेलुकी आयोजित समारोहमा जसपाका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

मन्त्रीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सपथ लिएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले आज दिउसो जसपाबाट मन्त्रीहरु नियुक्त गरेकी थिइन् ।

नवनियुक्त भौतिक पुर्वाधार तथा यातायातमन्त्री इस्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव र कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्र सिंह यादवले पद तथा गोपनीयताको शपथ लिएका हुन् । मन्त्रीहरुले शपथपछि आज सोमबार नै सिंहदरबार पुगेर आ-आफ्ना मन्त्रालयमा पदभार ग्रहण गरिसकेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मौजुदा मन्त्रिपरिषद्मा आज हेरफेर गरेकी थिइन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा केही मन्त्रीको नियुक्ति, हेरफेर र कार्यविभाजन गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

जसपाले कृषिमन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधारमन्त्री रेणु यादव र वनमन्त्री राम सहाय यादवलाई सरकारबाट फिर्ता बोलाएर उनीहरुको ठाउँमा अन्य तीन जनालाई नयाँ मन्त्रीको रुपमा पठाएपछि मन्त्रिपरिषद् पुनर्गठन भएको हो । यद्यपि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले भने निरन्तरता पाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु