१३ बैशाख २०८१, बिहिबार

वामदेवलाई निष्काशन गर्ने पाँचै जना साधारण सदस्य समेत नरहने गरी निष्काशित


बामदेवद्वारा नयाँ पार्टी घोषणा

काठमाडौँ । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमलाई पार्टीबाट निष्काशन गर्ने युवराज सफलसहित पाँचै जना साधारण सदस्य समेत नरहने गरी निष्काशित भएका छन् ।

संयोजक गौतमको अध्यक्षतामा हिजो शनिबार बसेको सचिवालय बैठकले युवराज सफल, कृष्णगोपाल वञ्जारा, निलकण्ठ पौडेल, मिननाथ देवकोटा र तेजबहादुर कार्कीलाई पार्टीबाट निष्कासन गरेको हो ।

नेकपा एकता राष्ट्रिय अभियानका प्रचार विभाग प्रमुख एवं सचिवालय सदस्य निमकान्त पाण्डेले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उनीहरुले अराजक र उद्दण्ड क्रियाकलापमा संलग्न रहेकाले पाँचै जनालाई अभियानको केन्द्रीय कमिटी र साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरिएको जानकारी दिएका हुन् । उनले पाँचै जनाले गरेका क्रियाकलाप आपत्तिजनक, अराजक, कृतघ्नतापूर्ण र सर्वथा अस्वीकार्य रहेको उल्लेख गरेका पनि छन् ।

नेकपा एकता राष्ट्रिय अभियान पार्टी घोषणा भएको एक साता नपुग्दै गौतम संयोजकबाट निष्कासित गरिएको उक्त अभियानमा आबद्ध रहेका चार दलले हिजो शनिबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएका थिए । यसरी उक्त अभियानमा एक समूहले अर्को समूहलाई निष्काशन गर्ने होडबाजी चलेकोले प्रतिसोधको राजनीति देखिएको छ ।

शनिबार राजधानीको एक पार्टी प्यालेसमा बसेको उक्त चार पार्टीको शीर्ष नेताको बैठकले गौतमलाई निष्कासन गरी सफलको संयोजकत्वमा सचिवालय समिति गठन गरिएको बताएपछि पाँचै जनालाई बामदेव समूहले पनि उनीहरुलाई निष्काशन गरेको हो ।

पार्टीमा आबद्ध समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी) र आम नेपाली पार्टीका अध्यक्षहरूले गौतमलाई निष्कासन गरेको नेता सफलले जानकारी दिएका थिए । अभियानको ६९ सदस्यीय केन्द्रीय समितिको बहुमत आफूहरूसँग रहेको भन्दै उनीहरूले गौतमलाई ५ बुँदे आरोप लगाएका थिए ।

गौतममाथि सांगठनिक अराजकता, निरंकुशत, तानाशाी शैली, चरम अवसरवादी चरित्र र अराजनीतिक व्यवहार प्रस्तुत गरेको आरोप छ । त्यस्तै अहंकारी सोँच र एकलौटी निर्णय गरिएको, जालझेल, छलछाम, षड्यन्त्र र तिकडमबाजी कार्यशैली अपनाइएको उनीमाथि आरोप लगाइएको थियो ।

उनले केपी ओली, प्रचण्ड, माधव नेपाल लगायतका नेताहरूलाई भेटेर वाम एकताको प्रस्ताव राखेलगत्तै एकलौटी गरेको भन्दै चार घटकले निष्कासन गरेका थिए । त्यस्तै नेकपा एकता राष्ट्रिय अभियानमा आबद्ध दलहरुको आडमा शक्ति बनाइ सो शक्ति चरम दुरुपयोग गरी उल्टो उल्लेखित शक्तिलाई सिध्याउने गतिविध गरेको आरोप लगाइएको थियो ।

यस्तो छ हेर्नुहोस् उक्त अभियानले निकालेको प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति

यो पनि पढ्नुहोस्

पार्टी घोषणा भएको एक साता नपुग्दै वामदेव गौतम संयोजकबाट निष्कासित

बामदेवद्वारा नयाँ पार्टी घोषणा : पार्टीको नाम नेकपा एकता राष्ट्रिय अभियान


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !