८ बैशाख २०८१, शनिबार

प्रचण्डको प्रतिवेदन : गठबन्धनप्रति कांग्रेस इमान्दार देखिएन (पूर्णपाठ)


प्रचण्ड प्रशिक्षण कार्यक्रम

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ गठबन्धनमा नेपाली काँग्रेस इमान्दार नदेखिएको बताएका छन् । आज आइतबार काठमाडौंमा सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा प्रतिवेदन पेश गर्दै अध्यक्ष प्रचण्डले कांग्रेसको पुरै शक्ति गठबन्धनप्रति इमान्दार र गम्भीर नभएको आरोप लगाएका हुन् ।

यस्तै उनले नेकपा (एकीकृत समाजवादी) ले आफ्नो वास्तविक स्थितिभन्दा बढी सिट दावी गर्नुका साथै तराई मधेसमा गठबन्धन गर्न अनिच्छुक देखिएको समेत बताए । उनले केन्द्रमा जस्तो समझदारी स्थानीय तहमा हुन नसकेको स्पष्ट पारेका हुन् ।

प्रचण्डको प्रतिवेदनमा रोल्पा, रुकुम, सल्यान, कालीकोट, भोजपुर, गोरखा, सिन्धुपाल्चोक जिल्ला र त्यसबाहेक माओवादी बलियो रहेको स्थानीय तहमा कमजोर बनाउन नेकपा एमालेसँग मिलेर पराजित गर्ने वा कमजोर बनाउन खोजेको आरोप समेत लगाइएको छ । त्यसैगरी कांग्रेसले आफू बलियो रहेको स्थानमा अन्य दलहरुको गठबन्धन बन्न नदिने नीति लिएको समेत उल्लेख गरिएको छ ।

कांग्रेसले गठबन्धनका उम्मेदवारलाई मत नदिने वा आफ्नो उम्मेदवारलाई सुरक्षित गर्ने नीति अख्तियार गरी मतदाता शिक्षा दिँदा अत्यधिक मत बदर भएको पाइयो लेखिएको छ । प्रचण्डको प्रतिवदेनमा नेकपा (एस) ले आफ्नो वास्तविक हैसियतभन्दा बढी सीट दाबी गर्दा सिट बाँडफाँटमा समस्या देखिएको र कतिपय स्थानमा पराजय भोग्नुपरेको समेत जनाइएको छ ।

स्थानीय तह चुनावपछि पहिलो पटक आयोजना गरिएको केन्द्रीय कमिटीको बैठकमा प्रचण्डले राजनीतिक प्रतिवदेन प्रस्तुत गरेका हुन् । प्रचण्डले पेश गरेको १० बुँदे प्रतिवेदनमा वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिका केही नयाँ सन्दर्भ प्रस्तुत गरिएको छ ।

स्थानीय निर्वाचनको समीक्षा गर्दै प्रचण्डले नेपाली कांग्रेसको मत परिणाम हेर्दा सहरको तुलनामा गाउँमा कमजोर देखिएको उल्लेख गरेका छन् । यस्तै, नेकपा (एमाले)को मत परिणाममा ग्रामीण क्षेत्र र सहरी क्षेत्रमा खासै भिन्नता नभएको उनले जनाएका छन् । माओवादीको मत परिणाम भने सहरको तुलनामा गाउँमा मजबुत देखिएको उनले उल्लेख गरेका छन् ।

यस्तो छ हेर्नुहोस् प्रचण्डको प्रतिवेदन पूर्णपाठ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !