१२ बैशाख २०८१, बुधबार

रञ्जु दर्शनाद्वारा ईश्वर पोखरेल निर्वाचित भएको काठमाडौं ५ बाट चुनाव लड्ने घोषणा


रञ्जु दर्शना

काठमाडौं । रञ्जु दर्शनाले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा निर्वाचनमा लड्ने औपचारिक घोषणा गरेकी छन् ।

सामाजिक सन्जाल फेसबुकमा रञ्जुले हिजो राती एउटा स्टाटस लेख्दै काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन लड्ने जानकारी दिएकी हुन् ।

विवेकशील साझा पार्टीमा विवाद चर्किएपछि पार्टीबाट अलग भएको घोषणा गरेकी रञ्जुले राजनीतिक यात्रा फेरि जारी राख्ने भएकी हुन् । उनले सो पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट अलग भएकी थिइन् ।

दर्शनाले २०७४ को स्थानीय चुनावमा पनि काठमाडौँ महानगरपालिकामा मेयरमा उठेर २३ हजार ४३९ मत प्राप्त गरेर चर्चामा आएकी थिइन् । काठमाडौँ क्षेत्र नम्वर ५ बाट जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पुत्री मानुषी यमी भट्टराई पनि चुनाव लड्ने तयारी गरिरहेकी छिन् ।

रन्जुले फेसबुकमा लेखेकी छन्, ‘सबैजनालाई नमस्कार , तपाईहरूले विभिन्न माध्यम बाट आउने संघिय निर्वाचनमा मेरो उम्मेदवारी रहने कुरा थाहा पाइसक्नु भएको छ । आज आधिकारिक रूपमा आउने निर्वाचनमा काठमाडौँ क्षेत्र न. ५ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनका लागि प्रतिस्पर्धामा उत्रने कुरा यँहाहरू समक्ष बाँड्न पाउँदा हर्षित छु । तपाईहरू पनि यस अभियानको प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सारथी बन्न चाहनुहुन्छ भने तल दिइएको लिङ्कमा गइ फर्म भर्न हुन अनुरोध गर्दछु ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !