११ बैशाख २०८१, मंगलबार

जसपाद्वारा देउवा सरकारमा रहेका सबै मन्त्रीलाई फिर्ता बोलाउने तयारी


उपेन्द्र यादव फाइल फोटो

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले सबै मन्त्रीलाई फिर्ता बोलाउने भएको छ । जसपाले देउवा सरकारमा पार्टीबाट सहभागी भएका सवै मन्त्रीहरुलाई फिर्ता बोलाउने तयारी गरेको हो ।

अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई अलग हुने स्थितिमा पुगेपछि जसपाले आफ्ना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने तयारी गरेको हो ।

जसपाका अध्यक्ष यादवले अहिलेका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँलाई सरकारमा पठाउने गृहकार्य जारी राखेका हुन् । जसपाले पुराना मन्त्रीहरुलाई फिर्ता बोलाउने भएपनि नयाँ मन्त्रीमा कस-कसलाई पठाउने भनेर नाम भने अझसम्म तय गरिसकेको छैन ।

जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, वन मन्त्री रामसहायप्रसाद यादव र कृषि तथा पशुपंक्षि विकास मन्त्री महिन्द्र राय यादव मन्त्री रहेका छन् ।

यसअघि सत्ता गठबन्धनको अर्को दल नेकपा (एकीकृत समाजवादी) ले पनि पुराना मन्त्रीहरुलाई सरकारबाट फिर्ता बोलाएर नयाँ मन्त्रीहरु सरकारमा पठाईसकेको छ । अन्य सत्तारुढ दलमा पनि मन्त्री हेरफेरको चर्चा चलिरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !