८ बैशाख २०८१, शनिबार

जसपा केन्द्रीय कार्यसमितिको बैठक वीरगन्जमा बोलाइयो


उपेन्द्र यादव-बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पार्टीभित्रको विवाद चुलिएपछि जसपा केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीका अनुसार केन्द्रीय कार्यसमिति बैठक असार २७ र २८ गते दिनसम्म वीरगञ्जमा बस्ने गरी बैठक बोलाइएको हो ।

जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र कार्यकारी अध्यक्ष उपेन्द्र यादवबीच अब अलग-अलग भएर राजनीतिलाई अघि बढाउने सहमति भएपछि केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको हो ।

हिजो बुधबार भएको दुई अध्यक्षबीचको छलफलपछि पार्टी विभाजन प्रक्रियामा अघि बढेको छ । दुई दिनसम्म चल्ने उक्त बैठकमा पार्टी विभाजनको विषय मुख्य एजेन्डा रहने बुझिएको छ ।

बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, गठबन्धन, सरकारमा दलको कार्यसम्पादन र प्रदेश र प्रतिनिधिसभाको आउँदो निर्वाचनलगायत विषयमा छलफल हुने बुझिएको छ । यद्यपि बैठकमा बाबुराम पक्ष उपस्थित हुन्छ वा हुँदैन भन्ने अझसम्म खुलाइएको छैन ।

पार्टी अध्यक्ष यादवले हालै सरकारबाट मन्त्री फिर्ता बोलाउने निर्णय गरेका थिए । नयाँ मन्त्रीलाई पठाउने गरी मन्त्री फिर्ता बोलाएका यादवले कारबाहीको अधिकार पनि आफैँले राखेपछि भट्टराई पक्षले विरोध गर्दै आएको छ ।

यस्तो छ हेर्नुहोस् जसपाले निकालेको प्रेस नोट

 यस्तो छ हेर्नुहोस् जसपाले निकालेको प्रेस नोट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !