७ बैशाख २०८१, शुक्रबार

अन्तत: नेपालले एसपीपीमा आबद्ध नहुने पत्र अमेरिकालाई पठायो


Balkrishna

काठमाडौं । अन्तत: नेपालले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा आबद्ध नहुने पत्र अमेरिकालाई पठाएको छ । चौतर्फी सरकारको आलोचना भएपछि सरकारले एसपीपीमा आबद्ध नहुने निर्णयसहितको पत्र अमेरिकालाई पठाएको हो ।

गृहमन्त्री बालकृष्ण खाँणले एसपीपीमा आबद्ध नहुने पत्र अमेरिकालाई पठाएको बताएका छन् । राष्ट्रिय सभा बैठकमा आज सोमबार बोल्दै गृहमन्त्री खाँणले एसपीपीमा आबद्ध नहुने मन्त्रिपरिषद्को निर्णय अमेरिकी सरकारलाई पठाइएको जानकारी दिएका हुन् ।

गत असार ६ गते बसेको मन्त्रिपरिषद् बैठकले एसपीपी सम्झौता प्रस्ताव अस्वीकृत गर्ने निर्णय गरेसँगै परराष्ट्र मन्त्रालयमार्फत् अमेरिकी सरकारलाई पत्रसमेत पठाउने निर्णय गरेको थियो ।

सरकारले निर्णय गरे पनि अमेरिकालाई पत्र नलेखेको भनी सदनभित्र र बाहिरबाट दबाव सिर्जना भईरहेको सन्दर्भमा सरकारले परराष्ट्रमन्त्रालय मार्फत अमेरिकी सरकारलाई एसपीपीमा आबद्ध नहुने निर्णयबारे जानकारी दिन पत्र पठाएको हो ।

नेपालले अपनाउँदै आएको असंलग्न परराष्ट्र नीतिको प्रतिकूल हुने प्रावधान राखिएको एसपीपी सम्झौताको मस्यौदा सार्वजनिक भएपछि सरकारको चर्को आलोचना भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !