८ बैशाख २०८१, शनिबार

माधवलाई योगेशको शुभकामना : २ सय वर्ष बाच्नुस्, सधैँ पदमा रहिरहनुस्


माधव नेपाल र योगेश भट्टराई

काठमाडौँ । नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई दुईसय बर्ष बाँच्नुहोस्, पदमा रहिरहनुहोस् भनेर शुभकामना दिएका छन् ।

आज सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लामो पोस्ट गर्दै भट्टराईले नेपालसंगको सम्बन्धका बारेमा ११ बुँदामा लेख्दै कहिले समर्थन र कहिले विरोध गर्ने गरेको उल्लेख गरेका छन् ।

एकीकृत समाजवादीमा मन्त्री हेरफेरको किचलो चलिरहेका बेला योगेशले सामाजिक सञ्जालमा माधव नेपाल र झलनाथ खनाललाई आत्मबोध र पश्चाताप कहिले भनेर प्रश्न गरेका थिए ।

अध्यक्ष नेपालले आइतबार एक भाषणमा ‘दश भाइ’ एमालेका दास भएको र उनीहरूले एकीकृत समाजवादीको खेदो खनेको बताएका थिए । अध्यक्ष नेपालले तल्लो स्तरमा झरेर भट्टराईलाई गाली गरेपछि उनले सवाल जवाफ फर्काएका हुन् ।

हिजो आइतबारमात्र एमालेका नेता भट्टराईले अध्यक्ष नेपाललाई संन्यास लिएर बस्न सुझाव दिएका थिए । हिजो आइतबार प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै भट्टराईले नेपाल राजनीति र जीवन दुवैको उत्तरार्द्धमा रहेकाले संन्यास लिएर बस्न सुझाव दिएका थिए ।

भट्टराईले पार्टी विभाजनको समयमा चिनेको खेलाडीहरु नेपाल र झलनाथ खनालले चिन्दै जाने बताएका थिए । असार १० गते शुक्रबार सामाजिक संजाल फेसबुकमा लेख्दै भट्टराईले एकीकृत समाजवादीमा देखिएको विवादको विषयमा टिप्पणी गर्दै परिस्थिति अध्यक्ष नेपालको काबुभन्दा बाहिर जाने अवस्थामा पुग्न लागेको बताएका थिए ।

यस्तो छ योगेश भट्टराईले लेखेको फेसबुक स्टाटस् जस्ताको त्यस्तै

कमरेड माधव नेपाल र म !
कमरेड माधव नेपालले हामीमाथि पटक पटक भद्धा र असिस्ट टिप्पणी गर्नु भयो वहाँको सम्मानका लागि हामीले कुनै टिप्पणी गरेनौ । अस्ती फेरी तल्लो स्तरमा झरेर बोल्नु भयो । अनि मैले वहाँ कै हित हुने गरी जीवनऊपयोगि जवाफ फर्काए । समाजबादीका युवाहरुको चित्त दुखेछ ! माफ गर्नुहोला तपाईंहरुको चित्त दुखाउनु मेरो मनसाय होईन । अब उनीहरु खुशी हुनेगरी म भन्न चाहन्छु – “कमरेड माधव नेपाल दुईसय बर्ष बांच्नुहोस्, पदमा रहिरहनुहोस्, शुभकामना !”
कमरेड माधव नेपाल र मेरो सम्बन्धका बारेमा केहि कुरा
१. पञ्चायतकालमा कमरेड रन्जनको उपनामले मैले कमरेड माधव नेपाललाई चिनेको हुँ । त्यतिबेला वहाँबाट थुप्रै प्रशिक्षण लिएको छु ।
२. वहाँमा थुप्रै राम्रा गुणहरु छन जसको खुलेर प्रशंसा गरेको छु भने कमजोरीको खुलेरै बिरोध गरेको छु । वहाँलाई चिनेदेखि वहाँ र मेरो सम्बन्धमा उतार चढाब रहेका छन र यो जारी रहने छ ।
३. नेकपा एमालेको पाँचौ महाधिवेशन ( २०४९ ) मा वहाँ अन्तिम तिर मात्रै जनताको बहुदलीय जनबादका पक्षमा खुल्नु भएको हो । हामी शुरु देखिनै मदन भण्डारीको नेतृत्व र बिचारलाई स्थापित गर्न लागेका हौ ।
४. छैठौ महाधिवेशनमा वहाँ पार्टीको महासचिब हुनुभयो । मेरो समर्थन वहाँलाई थिएन ।
५. सातौँ महाधिवेशनबाट वहाँ पुन पार्टीको महासचिब हुनुभयो । मेरो समर्थन वहाँलाई थियो ।
६. आठौ महाधिवेशनमा वहाँले आफ्नो धार बदल्नु भयो । हामी वहाँसँग लागेनौ ।
७. नवौ महाधिवेशनमा वहाँ पुरनै धारमा फर्कनु भयो । अध्यक्षको उम्मेदवार हुनुभयो । हामीले साथ दियौं । जित्नु भएन ।
८. प्रधानमन्त्री केपी ओलीका बिरुद्धको अबिश्वास प्रस्ताबमा हस्ताक्षर गर्न भन्नुभयो मैले मानिन र गरिन ।
९. नेकपा एमालेको बिभाजनको औचित्य छैन र यो नेपालको कम्युनिस्ट आन्दोलनलाई ध्वस्त गर्ने षड्यन्त्र हो भन्ने मेरो बुझाई रह्यो अलग पार्टी बनाउन वहाँलाई मैले साथ दिन सकिने । त्यसमा मलाई पछुतो छैन ।
१०. २०५३ सालमा म अखिलको अध्यक्ष थिएँ । राष्ट्रिय सम्मेलनबाट चुनिएको । वहाँ पार्टीको महासचिब । वहाँ र मेरो बिचमा समस्या उत्पन्न भयो । वहाँको दैनिक दबाब र असहयोगका कारण मैले अखिलको अध्यक्षबाट राजिनामा गरिदिएं ।
११. म मार्क्सवादी चेत भएको मानिस हुँ । मेरा गुरुहरुले मलाई ब्यक्ती, घटना र बिषयवस्तुलाई बुझ्ने आलोचनात्मक शिक्षा दिनुभएको छ । गुरुहरुप्रति मेरो सदा सम्मान छ । र मैले कमरेड माधव नेपाल लगायत सबैलाई यहि मार्क्सवादी दृष्‍टिकोणबाट हेर्ने गर्द्छु । म कसैको अन्ध समर्थक र अन्ध बिरोधी होईन ।
पुनश्च: कमरेड माधव नेपालसंग सवाल जवाफ गर्नु मेरो मनसाय होईन ।
२०७९ असार १३ गते बिहान काठमान्डौ- धनगढी हवाई यात्राको क्रममा तयार छोटो स्मरण ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !