८ बैशाख २०८१, शनिबार

नेकपा (एस) द्वारा प्रधानमन्त्री देउवालाई तत्काल मन्त्रिपरिषद् हेरफेर गर्न दबाव


एकीकृत समाजवादी सचिवालय बैठक

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री शेरबहादुर देउवालाई तत्काल मन्त्रिपरिषद् हेरफेर गर्न दबाव दिएको छ ।

पार्टी कार्यालय तीनकुनेमा आज बुधबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले मन्त्री हेरफेर गर्न ढिलाई भएको भन्दै प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउने निर्णय गरेको उक्त पार्टीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।

नेकपा (एस) बाट देउवा नेतृत्वको वर्तमान सरकारमा सहभागी भएका स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, शहरी विकास मन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय गरेर यसअघि नै प्रधानमन्त्री देउवालाई नयाँ मन्त्रीहरुको नाम बुझाएको थियो ।

जेठ २२ गते आइतबार बसेको पार्टीको सचिवालय बैठकले ४ जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । यसअघि स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङलाई भने स्वास्थ्यमन्त्री बनाउने प्रस्ताव गरिएको थियो । पार्टीको निर्णयसँगै एकीकृत समाजवादीले ४ जना मन्त्रीहरुलाई सरकारबाट फिर्ता बोलाएर अव अन्य नेतालाई सरकारमा पठाउने प्रस्ताव गरेको थियो ।

नेकपा (एस) को सचिवालय समितिको निर्णयअनुसार एकीकृत समाजवादीले जीवनराम श्रेष्ठलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणी चौधरीलाई शहरी विकासमन्त्री, शेरबहादुर कुँवरलाई श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री र हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीका रुपमा सरकारमा सहभागी गराउने प्रस्ताव गरिएको थियो ।

प्रतिनिधिसभाको बैठकमा मन्त्रालयगत छलफल जारी रहेकोले संसदमा बजेटको बारेमा उठेको विषयमा मन्त्रीहरुले जवाफ दिने कार्यक्रम नसकिएको भन्दै मन्त्रिपरिषद् हेरफेर स्थगित गरिएको थियो । एकीकृत समाजवादीले मन्त्रीहरूलाई ६ महिना भनेर पठाइएको र ६ महिनाभन्दा बढी भएकाले उनीहरुलाई सरकारवाट फिर्ता बोलाउने निर्णय गरेको थियो ।

यो पनि पढ्नुहोस्

आखिर किन एक्कासी रोकियो मन्त्रिपरिषद् हेरफेर ?

फिर्ता बोलाउने भनिएका मन्त्रीहरुलाई प्रधानमन्त्री देउवा बोलाए मन्त्रिपरिषद्को बैठकमा

नेकपा (एस) आफ्नो निर्णयवाट पछि हट्यो, मन्त्रिपरिषद् हेरफेर तत्कालका लागि स्थगित

एकीकृत समाजवादीद्वारा सरकारमा रहेका ४ मन्त्री फिर्ता

एकीकृत समाजवादीले टुंगो लगायो नयाँ मन्त्रीको नाम, को कुन मन्त्री बन्दैछन् ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !