८ बैशाख २०८१, शनिबार

रवि लामिछानेले घोषणा गरे पार्टीको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’


रवि लामिछानेले घोषणा गरे पार्टीको नाम

काठमाडौं । सिधा कुरा जनतासंग नामक टेलिभिजन कार्यक्रमका पूर्वसंचालक एवं पूर्वसञ्चारकर्मी रवि लामिछानेले नयाँ पार्टीको घोषणा गरेका छन् । उनले आज काठमाडौँको प्रदर्शनीमार्गमा अवस्थित राष्ट्रिय सभागृहमा एक कार्यक्रम आयोजना गरेर ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को घोषणा गरेका हुन् ।

पत्रकारिता छाडेर राजनीतिमा होमिएका लामिछानेले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकाहरुलाई आफ्नो दलमा आउन आग्रह गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गर्दै लामिछानेले आजसम्मको योगदान, लोकतान्त्रिक गणतन्त्रलगायतका उपलब्धिका लागि पुराना दल र नेताहरूलाई धन्यवाद दिँदै आफू अरू पार्टीमा नजाने बताए ।

उनले अहिलेसम्मका सबै दलले नागरिकको सेवा गर्छाैँ भनेर झुट बोलेको र आम नागरिकको जीवनशैलीमा कुनै सकारात्मक परिवर्तन नआएकाले आफू राजनीतिमा आउन बाध्य भएको पनि बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !