६ बैशाख २०८१, बिहिबार

अन्तत: चौतर्फी आलोचनापछि प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण रद्ध


प्रधानमन्त्री देउवा बिमानस्थलमा फाइल फोटो

काठमाडौँ । अन्तत: प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्ध भएको छ । आज सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण रद्ध गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

यस्तै आजको मन्त्रिपरिषद्को बैठक अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) मा सहभागी नहुने निर्णय गरेको थियो । मन्त्रिपरिषद् बैठकले अमेरिकालाई पत्र लेखेरै एसपीपी सम्झौता अस्वीकार गर्ने निर्णय गरेको हो ।

सरकारले एसपीपीमा सहभागी नहुने भनी नेपाली सेनालाई अमेरिकालाई पत्र लेख्न निर्देशन दिने निर्णय गरेको हो । एसपीपी लागू नगर्ने भनेर खारेज गर्नका लागि अमेरिकालाई पत्र लेख्ने भएको हो । अव नेपाली सेनाले एसपीपीमा सहभागी नहुने भनेर अमेरिकालाई तत्काल पत्र लेख्नेछ ।

प्रधानमन्त्री देउवाले यहि असारमा अमेरिका भ्रमणको तयारी गरेतापनि एसपिपीको विषयलाई लिएर चौतर्फी चर्को आलोचना भएपछि उनको भ्रमण रद्द भएको ती मन्त्रीले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !