११ बैशाख २०८१, मंगलबार

‘सरकार कहाँ छ ? : पढाई शुरु भयो किताव छैन, वर्षा सुरु भयो मल छैन’


नारदमुनी राना फाइल फोटो

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद नारदमुनी रानाले पढाई शुरु हुँदा किताव छैन र वर्षा सुरु हुँदा मल छैन भन्दै ‘सरकार कहाँ छ ? भनेर प्रश्न गरेका छन् ।

संसदको शून्य समयमा बोल्दै सांसद रानाले भने, ‘रोपाइ सुरु भयो किसानले मल पाएका छैनन् । सरकार खोइ भनेर जनता खोजिरहेका छन् । सरकार कहाँ छ भन्दा महंगी बढाउने काममा भेटिन्छ ।’

पूर्वमन्त्री समेत रहेका रानाले प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदले खोजिरहेको बताएका छन् । सांसद रानाले संसदमा प्रधानमन्त्री खोइ भनेर खोजी हुँदा उनी नभेटिएको बताएका हुन् ।

‘सरकार शिलन्यास गरेर उद्घाटन समारोहमा भेटिन्छ कहिलेकाहिँ दिक्षान्त समारोहमा भेटिन्छ । हामी संसदमा प्रधानमन्त्री खोइ भनेर खोज्यो भने सदनमा प्रधानमन्त्री भेटिदैनन् । यो सरकार जनताप्रति जवाफदेहि छैन’, रानाले भने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !