१३ बैशाख २०८१, बिहिबार

संसदमा जवाफ छलेका प्रधानमन्त्री देउवाले संसदीय समितिको बैठक पनि छले


शेरबहादुर देउवा

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ छलेका प्रधानमन्त्री शेरबहादुर देउवा संसदीय समितिको बैठकमा पनि अनुपस्थित भएका छन् ।

संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) बारे छलफल गर्न बोलाइएको संसदीय समितिमा प्रधानमन्त्री देउवा अनुपस्थित भएका हुन् ।

उक्त समितिले आज प्रधानमन्त्री देउवालाई छलफलका लागि बोलाएको थियो । यद्यपि प्रधानमन्त्री देउवाले बैठकमा उपस्थित हुन नसक्ने भन्दै आज बिहान ८ बजे मात्र जानकारी गराएका थिए । हिजो बेलुकासम्म आउने कुरा गरेको प्रधानमन्त्री देउवाको सचिवालयले आज आउन नभ्याउने भनी जानकारी गराएको थियो ।

उक्त समितिकी सभापति पवित्रादेवी निरौलाले प्रधानमन्त्रीले समितिको अपमान गरेको महसुस आफूले गरेको बताइन् । आजको बैठकमा एसपीपी, नेपालको परराष्ट्रनीति, प्रधानमन्त्री देउवाको निकट भविष्यमा हुने अमेरिका भ्रमणलगायत विषयमा रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री देउवालाई छलफलका बोलाइएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !