८ बैशाख २०८१, शनिबार

परराष्ट्रमन्त्री खड्काको स्पष्टोक्ति : एसपीपी सम्झौताको ‘च्याप्टर क्लोज’ भइसक्यो


डा. नारायण खड्का

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौताको ‘च्याप्टर क्लोज’ भइसकेको स्पष्ट पारेका छन् । आज शुक्रबार बिहान प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा बोल्दै खड्काले एसपीपीको छलफलमा च्याप्टर क्लोज स्पष्ट पारेका हुन् ।

उनले बैठकमा एसपीपीको ‘च्याप्टर क्लोज’ भइसकेकाले अब अनावश्यक बहस गर्न सांसदहरुलाई आग्रह गरेका हुन् । मन्त्री खड्काले एसपीपी नेपालको हितमा नभएको समेत स्पष्ट पारेका छन् ।

उनले हिजो गृहमन्त्रीले पनि संसदमा स्पष्ट रुपमा एसपीपी अघि नबढाउने भनिसकेको र नेपाली सेनाको बिज्ञप्ति पनि आइसकेको अवस्थामा अव एसपीपी अगाडि नबढ्ने बताएका हुन् । उनले अब एसपीपीलाई धेरै उचाल्न आवश्यक नभएको पनि बताए । ​

खड्काले प्रधानमन्त्री शेरबहादुर देउवाले नै अगाडि बढ्दैन भनेपछि बहस गर्नु आवश्यक नभएको जानकारी गराउदै उनले अब यो विषय टुंगिसकेकाले अगाडि नबढ्ने जिकिर गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !