११ बैशाख २०८१, मंगलबार

विनियोजन विधेयक प्रतिनिधिसभावाट बहुमतले पारित, एमालेद्वारा बैठक बहिस्कार


प्रतिनिधिसभाको बैठक

काठमाडौँ । प्रतिनिधिसभाको बैठकले विनियोजन विधेयक २०७९ बहुमतले पारित गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले बिहीबार संसदमा विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

उक्त प्रस्तावलाई ध्वनी मतबाट निर्णयार्थ पेश गरिएपछि बहुमतले पारित भएको घोषणा सभामुख अग्निप्रसाद सापकोटाले गरेका थिए । यद्यपि उक्त विधेयक निर्यायार्थ पेश भएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने बैठक बहिस्कार गरेको छ ।

एमालेले अर्थमन्त्री शर्माले बजेट निर्माण गर्ने क्रममा अनधिकृत व्यक्तिलाई सहभागी गराएको आरोपसहितका प्रश्न उठाउँदै संसद् बैठक बहिष्कार गरेको अवस्थामा विनियोजन विधेयक पारित गरिएको हो । एमालेले अर्थमन्त्री शर्मा पदमा बस्न योग्य नभएको भन्दै बैठक बहिस्कार गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !