१३ बैशाख २०८१, बिहिबार

अर्थमन्त्री शर्माको राजीनामा माग गर्दै एमालेद्वारा संसद बहिष्कार


प्रतिनिधिसभाको बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको बैठक बहिस्कार गरेको छ । आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको क्रममा अनाधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयभित्र प्रवेश गराएर करका दरहरु परिवर्तन गरेको भन्दै एमालेले संसदीय छानविन समिति गठन माग गरेको थियो ।

यद्यपि सभामुख अग्नि प्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई विनियोजन बजेटमाथि उठेका प्रश्नमा जवाफ दिन समय दिएका थिए । अर्थमन्त्री शर्मा बोलेपछि एमाले प्रमुख सचेतक विशाल भट्टराईले बजेट निर्माण प्रक्रियामाथि प्रश्न उठेकाले राजीनामा माग गरिएको बताए ।

उनले बेतुकको कुरा सुनेर बस्न सक्ने अवस्था नरहेको भन्दै संसद बहिष्कार गर्ने बताए । उनले जबरजस्ती रुपमा अर्थमन्त्रीलाई उभ्याइएकोमा आपत्ति प्रकट गर्दै अर्थमन्त्री शर्मावाट राष्ट्रघात भएको जिकिर गरे । भट्टराइले अर्थमन्त्री शर्माको जवाफ सुन्न लायक नभएको भन्दै संसद बहिस्कार गर्ने बताएलगतै एमाले सांसदहरु संसदबाट बाहिरिएका छन् ।

यो पनि पढ्नुहोस्

ओली सरकारले एसपीपी सम्झौता गरेको प्रमाणित गरेर देखाउन प्रचण्डलाई एमालेको चुनौती

प्रचण्डको दावी : ओली सरकारले एसपीपी सम्झौता गरेको हो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !