मधेस प्रदेशको आगामी आर्थिक वर्षको बजेट आज प्रस्तुत हुँदै Nepalpatra मधेस प्रदेशको आगामी आर्थिक वर्षको बजेट आज प्रस्तुत हुँदै
१४ असार २०७९, मंगलबार

मधेस प्रदेशको आगामी आर्थिक वर्षको बजेट आज प्रस्तुत हुँदै


प्रदेश २_मधेश प्रदेशसभा

जनकपुरधाम । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट आजको प्रदेशसभा बैठकमा प्रस्तुत गर्दैछ । असार १ गते आगामी आवको बजेट ल्याउनुपर्ने व्यवस्थाअनुरुप आज दिउँसो ४ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले बजेट प्रस्तुत गर्नुहुने प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए ।

चालु आव २०७८÷७९ भन्दा आगामी आव २०७९/८० को बजेटको आकारमा वृद्धि हुने अर्थ मन्त्रालयले जनाएको छ । प्रदेश सरकारको चालु आवको बजेट रु ३४ अर्ब रहेको छ । वर्तमान सरकारको यो अन्तिम बजेट भएकाले पनि चालु आवको भन्दा आगामी आवको बजेटको आकार बढ्न सक्ने अर्थमन्त्रालय स्रोतले जनाएको छ ।

आगामी आर्थिक वर्षको बजेटको आकार चालु आवको खर्चमा भर पर्ने छ । चालु आवमा करिब ७० प्रतिशत बजेट खर्च हुने अनुमान गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !