१३ बैशाख २०८१, बिहिबार

भागवन्डा नमिलेर वाम एकता हुन सकेन, अदृश्य शक्तिले भन्नु लज्जास्पद : गगन थापा


gagan

१९ वैशाख, बुटवल । कांग्रेसका युवा नेता गगन थापाले गुल्मी जाने क्रममा बुधबार बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै पार्टी एकता हुन नसकेकोमा अरुलाई मुछ्ने काम नगर्न एमाले र माओवादी नेताहरुलाई चेतावनी दिएका छन् । उनले एकताका लागि शुभकामना समेत दिए ।

नेता थापाले एमाले र माओवादीले आपसमा पदको भागबण्डा मिलाउन नसक्ने तर, अदृश्य शक्तिले एकता भाँड्न खोजेको भनेर प्रचार गर्नु लज्जास्पद भएको टिप्पणी गरे ।

‘एमाले र माओवादीबीचको एकता प्रक्रिया उहाँहरुको आन्तरिक विषय हो, यसमा हामीलाई कत्ति पनि चासो छैन, उहाँहरु मिल्नोस् भन्ने शुभकामना छ’ थापाले भने, ‘तर, आफूहरु पदको भागबण्डामा नमिल्ने अनि बाहिर अदृश्य शक्ति र के के ले गर्दा एकता भाँड्न खोजिँदैछ भनेर अरुलाई दोष लगाउने, यस्ता कुरा गर्दा लज्जाबोध हुनुपर्ने हो ।’

उनले सरकारका राम्रा कामहरुमा कांग्रेसले पूर्ण सहयोग गर्ने बताए । ध्वंशकारी भूमिका नखेल्ने भन्दै उनले भने, हिजो चुनावमा गरेका बाचाहरु सरकारले सकारात्मक ढंगवाट अघि बढाउन चाहन्छ भने हाम्रो सहयोग रहन्छ तर, त्यसवाट बरालिन खोज्यो भने ठीक ठाउँमा राख्ने हाम्रो ड्युटी हो ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !