७ बैशाख २०८१, शुक्रबार

प्रतिनिधिसभाको बैठक सुरु, विनियोजन विधेयकमाथि छलफल हुँदै


प्रतिनिधिसभा बैठक

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज सुरु भएको छ । नयाँ वानेश्वरस्थित संघीय संसदको भवनमा केही समयअघि सुरु भएको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथि छलफल आज पनि जारी रहने भएको हो ।

संसद् सचिवालयले सार्वजनिक गरेको दैनिक कार्यसूचीको पहिलो नम्वरमा विनियोजन विधेयक, २०७९ अन्तर्गत केही मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि छलफल जारी रहने भएको छ ।

संसद् सचिवालयका अनुसार आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयअन्तर्गतको विनियोजन विधेयकका शीर्षकमाथि छलफल हुने कार्यसूची रहेको छ ।

संसद् सचिवालयले सार्वजनिक गरेको दैनिक कार्यसूचीको दोस्रो नम्वरमा सांसद प्रेम सुवालले ‘विनियोजन विधेयक, २०७९ अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालय शिर्षकको खर्च रकममा उल्लेखित रकम घटाइयोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने रहेको छ ।

यस्तै दैनिक कार्यसूचीको तेस्रो नम्वरमा सांसद दुर्गा पौडेलले ‘विनियोजन विधेयक, २०७९ अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय र अर्थ मन्त्रालय शिर्षकको खर्च रकममा उल्लेखित रकम घटाइयोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने रहेको छ ।

त्यस्तै संसद् सचिवालयले सार्वजनिक गरेको दैनिक कार्यसूचीको चौथो नम्वरमा सांसद यज्ञराज सुनारले ‘विनियोजन विधेयक, २०७९ अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शिर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने रहेको छ ।

त्यस्तै संसद् सचिवालयले सार्वजनिक गरेको दैनिक कार्यसूचीको पाँचौ नम्वरमा सांसद डा. सूर्य प्रसाद पाठकले ‘विनियोजन विधेयक, २०७९ अन्तर्गत खानेपानी मन्त्रालय शिर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने रहेको छ ।

संसद् सचिवालयले सार्वजनिक गरेको दैनिक कार्यसूचीको छैटौं नम्वरमा सांसद डा. भीम बहादुर रावलले ‘विनियोजन विधेयक, २०७९ अन्तर्गत अर्थ मन्त्रालय शिर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने रहेको छ ।

यस्तै संसद् सचिवालयले सार्वजनिक गरेको दैनिक कार्यसूचीको छैटौं नम्वरमा सांसद डा. भीम बहादुर रावलले ‘विनियोजन विधेयक, २०७९ अन्तर्गत अर्थ मन्त्रालय शिर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने रहेको छ ।

त्यस्तै संसद् सचिवालयले सार्वजनिक गरेको दैनिक कार्यसूचीको सातौं नम्वरमा सांसद नवराज सिलवालले ‘विनियोजन विधेयक, २०७९ अन्तर्गत रक्षा मन्त्रालय शिर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने रहेको छ ।

यस्तो छ हेर्नुस् आजको प्रतिनिधिसभा बैठकको दैनिक कार्यसूची

प्रतिनिधिसभा बैठकको दैनिक कार्यसूची


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !