१२ बैशाख २०८१, बुधबार

प्रतिनिधिसभाको बैठक बस्दै, आज पनि विनियोजन विधेयकमाथि छलफल जारी


प्रतिनिधिसभा बैठक

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । नयाँ वानेश्वरस्थित संघीय संसदको भवनमा बिहान ११ बजेपछि बस्न लागेको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथि छलफल आज जारी रहने भएको हो ।

संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यक्रमको दैनिक कार्यसूचीको पहिलो नम्वरमा विनियोजन विधेयक, २०७९ अन्तर्गत केही मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि छलफल जारी रहने भएको छ ।

संसद् सचिवालयका अनुसार आजको बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशाशन मन्त्रालय र संचार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको विनियोजन विधेयकका शीर्षकमाथि छलफल हुने कार्यसूची रहेको छ ।

संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यक्रमको दैनिक कार्यसूचीको दोस्रो नम्वरमा सांसद प्रेम सुवालले ‘विनियोजन विधेयक, २०७९ अन्तर्गत कृषि तथा पशुपन्छी विकास मन्त्रालय, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशाशन मन्त्रालय र संचार तथा सूचना प्रविधि मन्त्रालय शिर्षकको खर्च रकममा उल्लेखित रकम घटाइयोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने रहेको छ ।

यस्तै सम्भावित कार्यक्रमको दैनिक कार्यसूचीको तेस्रो नम्वरमा सांसद दुर्गा पौडेलले ‘विनियोजन विधेयक, २०७९ अन्तर्गत कृषि तथा पशुपन्छी विकास मन्त्रालय र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय शिर्षकको खर्च रकममा एकसय रुपैयाँ घटाइयोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

त्यस्तै संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यक्रमको दैनिक कार्यसूचीको चौथो नम्वरमा सांसद पद्मा कुमारी अर्यालले ‘विनियोजन विधेयक, २०७९ अन्तर्गत कृषि तथा पशुपन्छी विकास मन्त्रालय शिर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने रहेको छ ।

साथै संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यक्रमको दैनिक कार्यसूचीको पाचौं नम्वरमा सांसद बिमल विकले ‘विनियोजन विधेयक, २०७९ अन्तर्गत उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय शिर्षकको खर्च रकममा उल्लेखित खर्च रकम घटाइयोस्’’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने रहेको छ ।

यस्तो छ हेर्नुस् आजको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यक्रमको दैनिक कार्यसूची

दैनिक कार्यसूची


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !