७ बैशाख २०८१, शुक्रबार

प्रतिनिधिसभाको बैठक सुरु, विनियोजन विधेयकमाथि छलफल


प्रतिनिधिसभा बैठक

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज सुरु भएको छ । नयाँ वानेश्वरस्थित संघीय संसदको भवनमा केही समयअघि प्रतिनिधिसभाको बैठकमा हिजोदेखि सुरु भएको विनियोजन विधेयकमाथि छलफल आज पनि जारी रहेको हो ।

संसद् सचिवालयले सार्वजनिक गरेको दैनिक कार्यसूचीको पहिलो नम्वरमा विनियोजन विधेयक, २०७९ अन्तर्गत केही मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि छलफल जारी रहने भएको छ ।

संसद् सचिवालयका अनुसार आजको बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको विनियोजन विधेयकका शीर्षकमाथि छलफल हुने कार्यसूची रहेको छ ।

संसद् सचिवालयले सार्वजनिक गरेको दैनिक कार्यसूचीको दोस्रो नम्वरमा सांसद प्रेम सुवालले ‘विनियोजन विधेयक, २०७९ अन्तर्गत श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय शिर्षकको खर्च रकममा उल्लेखित रकम घटाइयोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने रहेको छ ।

दैनिक कार्यसूचीको तेस्रो नम्वरमा सांसद दुर्गा पौडेलले ‘विनियोजन विधेयक, २०७९ अन्तर्गत श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय शिर्षकको खर्च रकममा उल्लेखित खर्च रकम घटाइयोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

संसद् सचिवालयले सार्वजनिक गरेको दैनिक कार्यसूचीको चौथो नम्वरमा सांसद आशाकुमारी विकले ‘विनियोजन विधेयक, २०७९ अन्तर्गत श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय शिर्षकको खर्च रकमलाई घटाई एकसय रुपैयाँ गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने रहेको छ ।

दैनिक कार्यसूचीको पाचौं नम्वरमा सांसद नर बहादुर धामीले ‘विनियोजन विधेयक, २०७९ अन्तर्गत वन तथा वातावरण मन्त्रालय शिर्षकको खर्च रकमलाई घटाई एक सय रुपैयाँ कायम गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

दैनिक कार्यसूचीको छैटौ नम्वरमा सांसद भानुभक्त ढकालले ‘विनियोजन विधेयक, २०७९ अन्तर्गत संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय शिर्षकको खर्च रकमलाई घटाई एक सय रुपैयाँ कायम गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

दैनिक कार्यसूचीको सातौं नम्वरमा सांसद बसन्त कुमार नेम्वाङले ‘विनियोजन विधेयक, २०७९ अन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय शिर्षकको खर्च रकमलाई घटाई एक सय रुपैयाँ कायम गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

प्रतिनिधिसभाको हिजोको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत चार मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि छलफल सकिएको थियो । हिजोको बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल भएको थियो ।

 दैनिक कार्यसूची


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !