१३ बैशाख २०८१, बिहिबार

प्रतिनिधिसभाको बैठक आज बस्दै, विनियोजन विधेयकमाथि छलफल जारी


प्रतिनिधिसभा बैठक

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । नयाँ वानेश्वरस्थित संघीय संसदको भवनमा बिहान ११ बजेपछि बस्न लागेको प्रतिनिधिसभाको बैठकमा हिजोदेखि सुरु भएको विनियोजन विधेयकमाथि छलफल आज जारी रहने भएको हो ।

संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यक्रमको दैनिक कार्यसूचीको पहिलो नम्वरमा विनियोजन विधेयक, २०७९ अन्तर्गत केही मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि छलफल जारी रहने भएको छ ।

संसद् सचिवालयका अनुसार आजको बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको विनियोजन विधेयकका शीर्षकमाथि छलफल हुने कार्यसूची रहेको छ ।

संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यक्रमको दैनिक कार्यसूचीको दोस्रो नम्वरमा सांसद प्रेम सुवालले ‘विनियोजन विधेयक, २०७९ अन्तर्गत श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय शिर्षकको खर्च रकममा उल्लेखित रकम घटाइयोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने रहेको छ ।

यस्तै सम्भावित कार्यक्रमको दैनिक कार्यसूचीको तेस्रो नम्वरमा सांसद दुर्गा पौडेलले ‘विनियोजन विधेयक, २०७९ अन्तर्गत श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वन तथा वातावरण मन्त्रालय शिर्षकको खर्च रकममा एकसय रुपैयाँ घटाइयोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

त्यस्तै संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यक्रमको दैनिक कार्यसूचीको चौथो नम्वरमा सांसद आशाकुमारी विकले ‘विनियोजन विधेयक, २०७९ अन्तर्गत श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय शिर्षकको खर्च रकमलाई घटाई एकसय रुपैयाँ गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने रहेको छ ।

प्रतिनिधिसभाको हिजोको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत चार मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि छलफल सकिएको थियो । हिजोको बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल भएको थियो ।

यस्तो छ हेर्नुस् आजको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यक्रमको दैनिक कार्यसूची

दैनिक कार्यसूची


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !