८ बैशाख २०८१, शनिबार

राष्ट्रियसभामा पनि आगामी आर्थिक वर्षको बजेट टेबुल


राष्ट्रियसभामा अर्थमन्त्री जनार्दन शर्मा

काठमाडौँ । राष्ट्रिय सभाको आजको दोस्रो बैठकमा नेपाल सरकारारा संघीय संसदको संयुक्त बैठकमा आजै प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्यययको वार्षिक अनुमान(बजेट) टेबुल गरिएको छ ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आ.ब.को बजेटलाई टेबुल गरेका हुन् । बजेटमाथिको सैद्धान्तिक छलफल र छलफलमा उठेका प्रश्नहरुको जवाफ दिनका लागि यही जेठ १७ र १८ गतेका लागि दिन तोकिएको छ ।

राष्ट्रिय सभाको आजको दोस्रो बैठकको शुरु हुने बित्तिकै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आज विहानदेखि हराइरहेको तारा एयरको ट्वीनअटर जहाजको खोज तथा उद्धारको सम्बन्धमा सभालाई जानकारी गराएका थिए ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग समय मागेर बोल्दै तारा एयरको पोखराबाट जोमसोमका लागि आज विहान ९ः५५ बजे उडेको ट्वीनअटर विमान १०ः११ मा अन्तिम पटक सम्पर्कमा आएपछि हराईरहेको गएको जानकारी गराएका थिए ।

हराईरहेको बिमानमा यात्रु र चालक दल गरी २२ जना रहेको र सो विमानको खोजविनका लागि तत्काल तारा एयरको हेलिकोप्टर पोखराबाट पठाइएकोमा सो हेलिकोप्टर पनि प्रतिकूल मौसमका कारणले जोमसोममै बसेको र पछि १४ः४३ मा खोजविनको लागि गए तापनि अझैसम्म भेट्न नसकिएको पनि मन्त्री आलेले सदनलाई जानकारी गराएका थिए ।

खोज र उद्धारका लागि पोखरा र जोमसोममा हेलिकोप्टरहरु तयारी अवस्थामा राखिएको बताउँदै पर्यटनमन्त्री आलेले भोली विहान ६ बजे अगाडिनै खोज तथा उद्धारका लागि ति हेलिकोप्टरहरु सम्भावित स्थानहरमा जाने बताए ।

नेपाली सेना, नेपाल प्रहरी र हिमालय उद्धार संघका जवानहरु अहिले सम्भावित स्थानहरुमा स्थलमार्ग मार्फत खोज तथा उद्धारमा खटिएको बताउँदै मन्त्री ओलेले यस सम्बन्धमा थप विवरण प्राप्त हुने बित्तिकै सदनलाई जानकारी गराएको प्रतिबद्धता व्यक्त गरेका थिए ।

राष्ट्रिय सभाको अर्को बैठक यही जेठ १७ गते विहान ११ बजेका लागि डाकिएको छ । यसैबीच, आजै बसेको प्रतिनिधि सभाको बैठकमा पनि मन्त्री आलेले सोही घटनाको सम्बन्धमा जानकारी गराएका थिए ।

बैठकको शुरुमा नेकपा(एमाले)का सांसद प्रेमप्रसाद तुलाचनले उक्त हराईरहेको विमानको सम्बन्धमा जानकारी दिन र घटनाको छानविन गर्न सरकारसँग माग गरेका थिए ।

त्यस लगत्तकै मन्त्री आलेले सभामुख अग्निप्रसाद सापेकाटासँग समय मागेर बोल्दै सो विमान हराईरहेको घटनाका सम्बन्धमा सदनलाई जानकारी गराएका थिए ।

प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आ.ब.२०७९/०८० को राजश्वय र व्ययको वार्षिक अनुमान(बजेट)को प्रति टेबुल गरेका थिए । उनले नै बैठकमा ‘आथिृक विधेयक, २०७९’ पेश गरे ।

आगामी बजेट माथिको सैद्धान्तिक छलफलका लागि सभामुख सापकोटाले यही जेठ १७, १८ र १९ गतेका लागि दिन तोकेका छन् । प्रतिनिधि सभाको अर्को बैठक यही जेठ १७ गते बिहान ११ बस्ने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !