८ बैशाख २०८१, शनिबार

ओलीलाई प्रचण्डको प्रश्न : तपाईंहरू टाउको काट्ने मान्छे हो भन्नु जायज हुन्छ ?


आजको प्रतिनिधिसभाको विशेष बैठक

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई इंगित गर्दै तपाईंहरू टाउको काट्ने मान्छे हो भन्नु जायज हुन्छ ? भनेर प्रश्न गरेका छन् ।

आर्थिक वर्ष २०७९/०८० को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिंदै अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष ओलीप्रति खनिदैं ओलीलाई मान्छेको टाउको काटेर हत्याराको रुपमा जेल गएको होइन भन्दा के हुन्छ भन्दै प्रश्न गरेका हुन् ।

तत्कालीन सरकार-माओवादी जनयुद्धका क्रममा माओवादीले मान्छेलाई बोरामा हालेको, जनतालाई धम्क्याउने तथा तर्साउने काम गरेकोभन्दै ओलीले घृणा फैलाएकोमा प्रचण्डले आक्रोशित भएका हुन् ।

शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेपछि परिस्थिति अर्कै भइसकेको अवस्थामा उक्त घटना कोट्याएर आरोपप्रत्यारोप र घृणा फैल्याउनु जायज नहुने प्रचण्डले स्पष्ट पारेका हुन् । प्रचण्डले अहिले परिस्थिति भिन्दै भइसकेकोले एकअर्कालाई अपमानित गर्न नहुने तर्क राखेका हुन् ।

यो पनि पढ्नुहोस्

प्रमुख प्रतिपक्षी दलका नेताको अभिव्यक्तिले चितवनका जनताको अपमान भयो : प्रचण्ड


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !