प्रमुख प्रतिपक्षी दलका नेताको अभिव्यक्तिले चितवनका जनताको अपमान भयो : प्रचण्ड Nepalpatraप्रमुख प्रतिपक्षी दलका नेताको अभिव्यक्तिले चितवनका जनताको अपमान भयो : प्रचण्ड
२८ श्रावण २०७९, शनिबार

प्रमुख प्रतिपक्षी दलका नेताको अभिव्यक्तिले चितवनका जनताको अपमान भयो : प्रचण्ड

ओलीप्रति संसदमा खनिए प्रचण्ड


आजको प्रतिनिधिसभाको विशेष बैठक

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिले चितवनका जनताको अपमान भएको आरोप लगाएका छन् ।

आर्थिक वर्ष २०७९/०८० को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिंदै अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष ओलीले धम्क्याएको भरमा गठबन्धनको तर्फवाट साझा उम्मेदवार बनेकी रेनु दाहाल चितवनको भरतपुर महानगरपालिकाको मेयर बनेको भन्ने दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् ।

ओलीले नीति तथा कार्यक्रमको छलफलमा भाग लिंदै संसदमा बोल्दै चितवनका जनताले आफ्नी छोरीलाई जिताएनन् भने दुर्घटना हुन्छ भनेर प्रचण्डले धम्क्याएको बताएका थिए ।

उनले भरतपुरमा भएको गठबन्धनको संयुक्त सभामा आफूले चितवनका जनतालाई नधम्क्याएको जिकिर समेत गरे । प्रचण्डले आफूले मतदाता नधम्क्याएर राजावादीको गठबन्धनले चुनाव जिते देश कुन अवस्थामा पुग्छ भन्ने इंगित गर्न खोजेको स्पष्टीकरण दिए ।

अध्यक्ष प्रचण्डले देशबाट राजावादी शक्ति निर्मूल नपारे देशमा राजनीतिक दुर्घटना हुने भनेर आफूले भरतपुरमा संकेत गरेपनि सो अभिव्यक्तिलाई गलत अर्थ लगाइएको स्पष्ट पारेका हुन् ।

प्रचण्डले चितवनमा यस्तो भनेका थिए, ‘तपाईं चितवनवासी जनताले अनावश्यक दबाब दिनुुभयो, राष्ट्रिय आवश्यकतालाई नजरअन्दाज गर्नुभयो भने दुर्घटनामा जान सक्छ। हालिँदैन हँसिया–हथौडामा भोट भन्नुुभयो भने देश दुर्घटनामा जान सक्छ। उत्साहपूर्ण ढंगले भोट हालेर रेणु दाहाल र चित्रसेन अधिकारीको टिमलाई विजयी गराउनुभयो भने म निकै उत्साहित हुनेछु र यो गठबन्धनलाई १०, १५, २० वर्ष लाने मेरो प्रतिबद्धता छ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !