७ बैशाख २०८१, शुक्रबार

पोखराको मेयरमा गठबन्धनका आचार्य र उपप्रमुखमा एमालेकी मञ्जुदेवीको अग्रता


धनराज आचार्य र मञ्जुदेवी गुरुङ

गण्डकी । स्थानीय तह सदस्य निर्वाचन-२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । हालसम्म ८० हजार १५४ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले ३२ हजार ४८० मत प्राप्त गरेका छन् ।

त्यसैगरी नेकपा (एमाले) का प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले २९ हजार ४१ मत प्राप्त गरेका छन् । गठबन्धनका आचार्यले तीन हजार ४३९ मतान्तरसहित अग्रता हासिल गरेका हुन् ।

त्यस्तै प्रमुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीका शङ्कर खरालले ३ हजार ५२० मत प्राप्त गरेका छन् भने अटेरी अभियानका तर्फबाट प्रमुख पदका उम्मेदवार गनेस पौडेलले दुई हजार २४९ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ ३३ हजार २२१ मतसहित अघि छन् भने गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाट ३२ हजार ९५९ मतसहित उनलाई पछ्यादै छिन् । उपप्रमुख पदमा राप्रपाकी रञ्जना सेनले ३ हजार ४११ मत प्राप्त गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !