१३ बैशाख २०८१, बिहिबार

विराटनगरको मेयरमा कांग्रेसका नागेश, उपमेयरमा एमालेकी शिल्पा विजयी


नागेश कोइराला र शिल्पा निरौला कार्की

विराटनगर । मोरङको विराटनगर महानगरपालिकाको प्रमुख पदमा गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसका नागेश कोइरालाले ३०,१७० मत प्राप्त गरी विजयी भएका छन् । प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार उनका निकटतम प्रतिस्पर्धीमा नेकपा एमालेका सागर थापाले २१,४५५ मत प्राप्त गरेका छन् । उनले एमालेका थापालाई ८,७१५ मतान्तरले पराजित गरेका हुन् ।

उपप्रमुखमा नेकपा एमालेका शिल्पा निरौला कार्कीले २५,६८० मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी गठबन्धन दलका तर्फबाट जनता समाजवादी पार्टी नेपालका अमरेन्द्र यादवले १४,२१९ मत प्राप्त गरेका छन् ।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमाले वडा नं १, २, ३, ४, ८, १०, ११, १४ र १९ का वडाध्यक्षमा विजयी भएको छ । यस्तै नेपाली कांग्रेसका उम्मेदवार ५, ६, ७ ९, १५, र १६ वडाको अध्यक्षमा विजयी भएका छन् । यसैगरी जनता समाजवादी पार्टीले वडा नं १२ र १७, राप्रपा १३ र स्वतन्त्र १८ को वडाध्यक्षमा निर्वाचित भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !