१३ बैशाख २०८१, बिहिबार

सरकारको नीति तथा कार्यक्रम जेठ १० गते मंगलबार


सरकारको नीति तथा कार्यक्रम विद्यादेवी भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको तर्फबाट प्रस्तुत हुने आ.ब.२०७९/८० को नीति तथा कार्यक्रम यही जेठ १० गते अपरान्ह ४ बजे प्रस्तुत गर्ने भएकी छन् । गठबन्धन सरकारको नीति तथा कार्यक्रम यही जेठ १० गते मङ्गलबार सङ्घीय संसद्मा पेश हुने भएको हो ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउँदै यस्तो जानकारी गराएका हुन् । सो दिन संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपाल सरकारको आगामी नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् ।

यसैबीच, सभामुख सापकोटाले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा एक सभामा भाग लिन आजै स्वीजरल्याण्ड भ्रमणमा जाने भएकाले उनको अनुपस्थितिमा उनको कार्यभार समेत पर्यटनमन्त्री प्रेम आलेलाई तोकिएकोबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको व्यहोरा समेत सदनलाई जानकारी गराएका थिए । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ १० गते साँझ ६ बजेका लागि बोलाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !