काठमाडौँ महानगरपालिका-३० मा कांग्रेस विजयी Nepalpatra काठमाडौँ महानगरपालिका-३० मा कांग्रेस विजयी
९ आश्विन २०७९, आइतबार

काठमाडौँ महानगरपालिका-३० मा कांग्रेस विजयी


नेपाली कांग्रेस रुख

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नम्बर ३० मा नेपाली कांग्रेस विजयी भएको छ । सो वडामा दलबहादुर कार्कीको प्यानल नै विजय भएको छ ।

कार्कीले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का कृष्णभक्त खड्गीलाई एक हजार १४५ मतान्तरले हराएका हुन् । कार्कीले दुई हजार ६१ तथा खड्गीले ९१६ मत प्राप्त गरे ।

त्यसैगरी सदस्यमासमेत कांग्रेसका मनोजकुमार डङ्गोल र मिलनकुमार खड्का क्षत्री विजयी भएका छन् । महिला सदस्य र दलित महिला सदस्यतर्फ पनि कांग्रेसकै क्रमशः इन्दिरा श्रेष्ठ सिंह र शर्मिला सुडी विजयी भएको काठमाडौँका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए ।

त्यस्तै प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह र उपप्रमुखमा सुनिता डङ्गोलले अग्रता कायम गरेका छन् ।

वडा नम्बर १, २, ३, ४, ५ र ३० को मत परिणाम सार्वजनिक भइसकेको छ । कामपामा कूल मतदाता तीन लाख २४२ रहेकामा एक लाख ९० हजारभन्दा बढी मत खसेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !