काठमाडौँ महानगरमा बालेन साहले कटाए ३० हजार मत Nepalpatraकाठमाडौँ महानगरमा बालेन साहले कटाए ३० हजार मत
२८ श्रावण २०७९, शनिबार

काठमाडौँ महानगरमा बालेन साहले कटाए ३० हजार मत


बालेन साह, केशव स्थापित र सिर्जना सिंह

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवार बालेन साहले लगभग दोब्बर मतको फराकिलो अग्रता कायमै राखेका छन् । स्वतन्त्र उम्मेदवार साहले ३०८५८ मत प्राप्त गरेर आफ्नो अग्रता कायम राख्दै ३० हजार मत भन्दा बढी मत ल्याएका हुन् ।

त्यसैगरी प्रमुख पदकै उम्मेदवार नेकपा (एमाले) का केशव स्थापितले १६३३७ र नेपाली कांग्रेसका सिर्जना सिंहले १५९६० मत पाएर केशवलाई पछ्याउँदै छिन् । हाल प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृमा कामपाको मत गणना कार्य भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु