दोेलखाको गौरीशङ्करको अध्यक्षमा माओवादी, उपाध्यक्षमा कांग्रेस विजयी Nepalpatra दोेलखाको गौरीशङ्करको अध्यक्षमा माओवादी, उपाध्यक्षमा कांग्रेस विजयी
१४ असार २०७९, मंगलबार

दोेलखाको गौरीशङ्करको अध्यक्षमा माओवादी, उपाध्यक्षमा कांग्रेस विजयी


कांग्रेस र माओवादी

चरीकोट । दोेलखाको गौरीशङ्कर गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ ।

अध्यक्षमा विश्वास कार्की र उपाध्यक्षमा श्यामसुन्दर तामाङ निर्वाचित भएका हुन् । उनीहरुले एमालेका जङ्ग गुरुङ र मुना शिवाकोटीलाई पराजित गरेका हुन् । चार हजार ७५१ मतसहित कार्की निर्वाचित भएका हुन् । एमालेका गुरुङले तीन हजार ७५७ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा तामाङले चार हजार ७४१ मत प्राप्त गरेका छन् भने प्रत्यासी शिवाकोटीले तीन हजार २८१ मत प्राप्त गरे । नौ वडा रहेको गौरीशङ्करमा एमालेले वडा नं ५ मा मात्र वडाध्यक्ष जितेको छ । वडा नं ४, ६ र ९ मा कांग्रेस तथा वडा नं १, २, ३, ७ र ८ मा माओवादी केन्द्र विजयी भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !