काठमाडौँमा बालेनले कटाए १५ हजार मत, केशवलाई पछ्याउँदै सिर्जना Nepalpatra काठमाडौँमा बालेनले कटाए १५ हजार मत, केशवलाई पछ्याउँदै सिर्जना
११ आश्विन २०७९, मंगलबार

काठमाडौँमा बालेनले कटाए १५ हजार मत, केशवलाई पछ्याउँदै सिर्जना


बालेन साह, केशव स्थापित र सिर्जना सिंह

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवार बालेन साहले लगभग दोब्बर मतको फराकिलो अग्रता कायमै राखेका छन् । ३९ हजार ५२० मतगणना हुँदा स्वतन्त्र उम्मेदवार साहले १५४०२ मत प्राप्त गरेर आफ्नो अग्रता कायम राख्दै १५ हजार मत भन्दा बढी मत ल्याएका हुन् ।

त्यसैगरी प्रमुख पदकै उम्मेदवार नेकपा (एमाले) का केशव स्थापितले ८२८८ र नेपाली कांग्रेसका सिर्जना सिंहले ७२९० मत पाएर केशवलाई पछ्याउँदै छिन् ।

हाल प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृमा कामपाको मत गणना कार्य भइरहेको छ । अहिले वडा नम्बर ३, ४, ६, २९, ३०, ३१ र ३२ को मतगणना जारी रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !