८ बैशाख २०८१, शनिबार

विराटनगरमा गठबन्धनका उम्मेदवार कोइराला ३९३७ मतले अगाडि


नागेश कोइराला र सागर थापा

विराटनगर । विराटनगर महानगरपालिकाको प्राप्त पछिल्लो मत परिणामअनुसार गठबन्धन दलका तर्फबाट प्रमुख पदका उम्मेदवार नेपाली कांग्रेसका नागेश कोइरालाले ३९३७ मतले अग्रता लिएका छन् ।

मुख्य निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले मतगणनास्थल आदर्श माध्यमिक विद्यालयबाट आज साँझ जारी गरिएको सूचनामा ४८ हजार ३०९ मतगणनामा गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसका महानगर प्रमुख पदका उम्मेदवार कोइरालाले १५४३०, नेकपा एमालेका सागर थापाले ११४९३, स्वतन्त्र उम्मेदवार (लाल्टिन) का उमेश यादवले ४८०७ र राप्रपाका प्रह्लादप्रसाद साहले ३१०१ मत प्राप्त गरेका छन् ।

यसैगरी उपप्रमुखमा नेकपा एमालेकी शिल्पा निराला कार्कीले १३१७९, गठबन्धन दलका तर्फबाट जनता समाजवादी पार्टीका अमरेन्द्र यादवले ७९४६, राप्रपाकी बिन्दाकुमारी लुइँटेल आचार्यले ३ ७७९ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपाने पोखरेलले २७८२ मत प्राप्त गरेका छन् ।

यस्तै विराटनगर महानगरपालिकाका वडा नं ७ को वडाध्यक्षमा नेपाली कांग्रेसका मधुबाबु तिवारी एक हजार ३१२ मत ल्याई निर्वाचित भएका छन् । महानगरमा अहिले वडा नं ३, ४, ५, ६, ८, १२, १४, १५ को मतगणना भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !