विराटनगरमा मेयर र उपमेयरमा काँग्रेस-एमालेका उम्मेदवारको फराकिलो अग्रता कायमै Nepalpatra विराटनगरमा मेयर र उपमेयरमा काँग्रेस-एमालेका उम्मेदवारको फराकिलो अग्रता कायमै
१४ असार २०७९, मंगलबार

विराटनगरमा मेयर र उपमेयरमा काँग्रेस-एमालेका उम्मेदवारको फराकिलो अग्रता कायमै


नागेश कोइराला र सागर थापा

विराटनगर । विराटनगर महानगरपालिकाको प्रमुख पदमा गठबन्धनको तर्फवाट साझा उम्मेदवार बनेका नेपाली कांग्रेसका नागेश कोइरालाले फराकिलो अग्रता कायमै राखेका छन् ।

विराटनगर महानगरमा अहिलेसम्म ४६ हजार ९६१ मतगणना हुँदा नेपाली कांग्रेसका महानगर प्रमुख पदका उम्मेदवार कोइरालाले १४९४४, नेकपा (एमाले) का सागर थापाले ११३१२ र स्वतन्त्र उम्मेदवार (लाल्टिन) का उमेश यादवले ४६८२ मत प्राप्त गरेका छन् ।

यसैगरी, उपप्रमुख पदमा एमालेकी शिल्पा कार्कीले १२९२७ मत प्राप्त गरी आफ्ना अग्रता कायम राखेकी छन् भने गठबन्धनका जनता समाजवादी पार्टी नेपालका अमरेन्द्र यादवले ७७७८, राप्रपाका विन्दाकुमारी लुइँटेल ३६९९ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले २७०४ मत प्राप्त गरेकी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !