१३ बैशाख २०८१, बिहिबार

विराटनगरमा काँग्रेसका कोइरालाको फराकिलो अग्रता कायमै


नागेश कोइराला र सागर थापा

मोरङ । विराटनगर महानगरपालिकाको प्रमुख पदमा प्राप्त पछिल्लो मत परिणामअनुसार गठबन्धन दल नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले १७६७ मत ल्याएर फराकिलो अग्रता कायमै राखेका छन् ।

विराटनगर महानगरको जारी मतगणनामा नेपाली कांग्रेसका महानगर प्रमुख पदका उम्मेदवार कोइरालाले ७५९१, नेकपा (एमाले) का सागर थापाले ५८२४ र स्वतन्त्र उम्मेदवार (लाल्टिन) का उमेश यादवले २२६१ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा एमालेवाट उम्मेदवार बनेकी शिल्पा कार्की ६६३३ मतसहित अघि छन् भने गठबन्धनबाट साझा उम्मेदवार बनेका जनता समाजवादी पार्टी, नेपालवाट अमरेन्द्र यादवले ४२३७ मत प्राप्त गरेका छन् । एमालेकी कार्कीले २३९६ बढी मत ल्याएर फराकिलो अग्रता कायमै राखेकी हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !