१३ बैशाख २०८१, बिहिबार

काठमाडौँमा बालेनले कटाए १० हजार मत, केशवलाई पछ्याउँदै सिर्जना


बालेन शाह

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवार बालेन साहले नै अग्रता कायमै राखेका छन् । २४ हजार ७०० मतगणना हुँदा स्वतन्त्र उम्मेदवार साहले १०२४१ मत प्राप्त गरेर आफ्नो अग्रता कायम राख्दै १० हजार मत भन्दा बढी मत ल्याएका हुन् ।

त्यसैगरी प्रमुख पदकै उम्मेदवार नेकपा (एमाले) का केशव स्थापितले ५४५३ र नेपाली कांग्रेसका सिर्जना सिंहले ४७४२ मत पाएर केशवलाई पछ्याउँदै छिन् । हाल प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृमा ६ स्थानबाट कामपाको मत गणना कार्य भइरहेको छ ।

अहिले वडा नम्बर ३, ४, ५, ६, ३१ र ३२ को मत गणना कार्य जारी छ । वडा नम्बर १ र २ को मत परिणाम यसअघि नै सार्वजनिक भइसकेको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !